२९ जेठ काठमाडौं। आर्थिक बर्ष २०८०/८१ का लागि सरकारले प्रस्तुत गरेको बजेटमा सांसदहरुले बोल्ने क्रम सकिएको छ। जेष्ठ १५ गते सार्वजनिक भएको बजेटमाथि आज अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले जवाफ दिने कार्यक्रम रहेको छ।
बजेटमाथिको छलफलमा भाग लिने सांसदहरुको धारणा मिश्रित आएको छ। केही सांसदहरुले समय अनुसार बजेट उपयुक्त आकार र प्राथमिकतासहित आएको प्रतिकृया दिएका छन्।
सरकारले आगामी बर्षको लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैँयाको बजेट सार्वजनिक गरेको छ। सरकारले चालु खर्चमा ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात ६५ दशमलब २० प्रतिशत र पुजीगत ३ खर्ब २ अर्व ७ करोड १७ दशमलब २५ प्रतिशत रकम विनियोजन गरेको छ।
सार्वजनिक गरिएको बजेटमाथि उठेको प्रश्न बारे आज अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले जबाफ दिने कार्यक्रम रहेको छ ।अर्थमन्त्री डा। महतले जवाफ दिएपछि बजेट पारितको प्रक्रियामा जानेछ । बहुमतले पारित भएपछि साउन १ गतेबाट बजेट लागु हुनेछ ।










