मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपति पौडेल आज डिस्चार्ज हुँदै



जेठ ३१,काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुँदैछन् ।

मुटुमा समस्या देखा परेपछि मंगलवार गंगालालमा भर्नारत पौडेल आज डिस्चार्ज हुन लागेका हुन् । सो अस्पतालले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

मंगलबार बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगेका उनलाई चिकित्सकको सल्लाह अनुसार २४ घन्टासम्म अवलोकनमा राखिएको हो ।

आज डिस्चार्ज गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले जानकारी दिए।

पौडेलको एन्जियोग्राम गरिएको थियो ।

यसअघि उनी पेटमा समस्या भएपछि भारतमा उपचार गरेर फेर्केका थिए ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  ७ : ५७ बजे