राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज



जेठ ३१ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज भएका छन् । छातीमा समस्या भएपछि मुटु जाँचका लागि मंगलबार बिहान गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र भर्ना भएका उनी २४ घण्टाको निगरानीपछि आज बिहान डिस्चार्ज भएका हुन् ।

अस्पतालले राष्ट्रपति पौडेलको अवस्था सामान्य रहेको बताएको छ । अस्पतालका कार्यकारी निर्देशक डा। चन्द्रमणि अधिकारीले पौडेलको स्वास्थ्य सामान्य भएको बताए ।

पछिल्लो समय राष्ट्रपति पौडेल बिमार पर्दै आएका छन् । केही समयअघि उनी भारतमा उपचार गरेर फर्केका थिए ।

प्रकाशित मिति : जेष्ठ ३१, २०८० बुधबार  १२ : १३ बजे