काठमाडौं, २ असार । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले आफूले राजनीतिक जीवनमा कहिले पनि झुटो नबोलेको दाबी गरेका छन् । आज शनिबार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो राजनीतिको ५८ वर्षे अवधिमा कहिले पनि झुठो नबोलेको बताएका हुन् ।
‘मैले २२ सालबाट राजनीति सूरु गरेँ । मेरो जीवनभरी, ५८ सालभरी मैले गरेको कुरा कुनै झुटो र झुटमा आधारित कुरा मैले बोलेको छैन ।’ उनले भने, ‘म हरेक कुराको जवाफ दिन सक्छु । हामीले कुनै पार्टीमाथि गलत आरोप लगाएको छैन । हामीमाथि उहाँहरुले झुटा आरोप लगाउनु हुन्छ ।’










