मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिन्धुलीमा बाढीपहिराबाट ३१ घरमा क्षति



सिन्धुलीमा बाढीपहिराबाट ३१ घरमा क्षति

सिन्धुलीको गोलञ्जोर गाउँपालिका–२ बितिजोरमा बाढीपहिराबाट ३१ घरमा क्षति पुगेको छ । बाढीले खेतसमेत बगाएको छ ।

आज बिहान आएको बाढीले पाक्न लागेको मकै र रोपाइ गर्न राखिएको धानको ब्याडसमेत बगाएको छ । बाढीपहिराबाट पशुचौपाया र कखुरा पनि नष्ट गरेको वडाध्यक्ष दौलत कार्कीले जानकारी दिए । लगातारको वर्षापछि खसेको पहिरो र खोल्सामा लेदोसहित आएको बाढीले बितिजोरको कुखुरेटारका चित्रबहादुर माझीको गोठ बगाउँदा पाँच सुँगुर र ६० कुखुरा मरेका छन् ।

“बाढीपहिराले बितिजोरका कखुरेटार, तीनमाने, कटहरे र भालुखोलाका बासिन्दाको घरमा क्षति पुगेको छ । क्षतिको विवरण संकलन गरिरहेका छौँ”, वडाध्यक्ष कार्कीले भने– “रोपाइँका लागि तयार हुँदै गरेको धानको ब्याड चिनोमानो नरहने गरी पुरिँदा किसान मर्कामा परेका छन् ।”

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  १ : ४० बजे