आज सार्वजनिक बिदा : सेयर बजार बन्द



काठमाडौ, १४ असार । सरकारले बकर इदको अवसरमा आज ९असार १४ गते० सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले मंगलबार नै एक सूचना जारी गरेर इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार बिदा दिइएको बताएको हो ।

सरकारको यो निर्णयसँगै सबै सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था पनि आज बन्द हुनेछन् ।

प्रकाशित मिति : असार १४, २०८० बिहीबार  ९ : ५८ बजे