मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुगुमा लागुऔषधविरुद्ध अभियान सञ्चालन



काठमाडौँ,  २२ असार । मुगुका जनप्रतिनिधि र युवाहरु लागुऔषध, धुम्रपान, मद्यपानविरुद्धको अभियान सञ्चालनमा जुटेका छन् ।

पछिल्लो समय छिमेकी जिल्लासहित मुगुका युवालाई लागुऔषधका बारेमा सचेत गराउने, तालिम, प्रशिक्षण दिने, अभिभावकलाई लागुऔषधको कारोबार र सेवनले हुने धनजनको क्षतिको बारेमा सचेत बनाउने उद्देश्यले लागुऔषध, धुम्रपान मद्यपानविरुद्धको सचेतना अभियान सञ्चालन गरेका हुन । 


    
छाँयानाथ रारा नगरपालिका–१ देखि ७ वडासम्म लागुऔषध दुर्व्यसनीविरुद्ध सचेतना फैलाइरहेको जनाइएको छ । छाँयानाथ रारा नगरपालिका, जिल्ला प्रशासन कार्यालय मुगु र जिल्ला प्रहरी कार्यालय मुगुको संयुक्त आयोजनामा लागुऔषध दुर्व्यसनीबाट धनजनको क्षति नगर्न र नगराउन आफ्ना छोराछोरीहरुलाई कुलतमा फस्न नदिन भन्दै शुक्रबार सरोकारवालासँग अन्तरक्रिया गर्दै सुझाव मागेको छाँयानाथ रारा नगरपालिकाले जनाएको छ । 

प्रहरीको सहायतामा लागुऔषधसम्बन्धी कानुनी प्रावधानबारे जानकारी दिइएको अभियानमा जुटेका युवा नरेश भामले बताए । छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले  लागुऔषधविरुद्धको अभियान सुरु गरिएको बताए । उनले नगरपालिका भित्र र जिल्लाका कुनै पनि नागरिक लागुऔषधको दुर्व्यसनीमा लाग्न हुन्न भन्ने सन्देश फैलाउन सचेतनामुलक कार्यक्रम गरिरहेको बताए ।

उनले कुलतमा लागेका युवालाई सुधार गर्न नगरपालिकाले सुधार गृह पनि चाँडै सञ्चालनमा ल्याउने जानकारी दिए । सुधार गृह भवनको लागि नगरसभाबाट आवश्यक बजेट विनियोजन भइसकेको उनले बताए । नगरपालिकाका वडा नं १ देखि ७ वडा सम्मका युवालाई गाउँमै पुगेर लागुऔषध दुर्व्यसनीका बारेमा प्रशिक्षण दिइएको थियो भने शुक्रबार जिल्लाका सरोकारवालासँग सुझाव पनि मागिएको छ । 


कार्यक्रममा लागुऔषधको कारोबार, सेवनले हुने हानी नोक्सानीका विषयमा अवगत गराइएको थियो । प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले लागुऔषधविरुद्धको अभियानलाई निरन्तरता दिइने जानकारी दिए । 
 

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ४ : २६ बजे