मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरोमा पुरिएर डोजर चालकको मृत्यु



 काठमाडौँ,  २२ असार । मुगुकाे गमगढी तारापानी सडक खण्डमा सडक माथिबाट आएको पहिरोमा पुरिएर एकजना डोजर चालकको मृत्यु भएको छ ।

छायाँनाथ रारा नगरपालिका – ३ फुली गाउँमा सडक खन्ने क्रममा माथिबाट आएको पहिरोले सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ का २४ वर्षीय पवन घिमिरे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख सुदर्शन पन्थीले जानकारी दिए ।

उनका अनुसार लगातारको वर्षाले उक्त सडकको ठाउँ ठाउँमा पहिरो आई अवरुद्ध भएपछि पहिरो पन्छाउन गएको डोजर काम सकाएर फर्कँदै गर्दा बिहीबार राति  बामधारा भन्ने स्थानमा सडक माथिबाट आएकाे पहिरोले पुरिँदा चालक घिमिरेको घटनास्थल मै मृत्यु भएको हाे ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ४ : ३० बजे