८०० रुपैयाँले बढ्याे सुनको मूल्य



काठमाडौ,  २८ असार । नेपाली बजारमा बिहीबार सुनको भाउ उकालो लागेको छ। बिहीबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ । यो सँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो। 


बिहीबार चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेर १ हजार ४४० रुपैयाँ कायम भएको छ। बुधबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४०० रुपैयाँ किनबेच भएको थियो। 

प्रकाशित मिति : असार २८, २०८० बिहीबार  ११ : १३ बजे