काठमाडौ , २८ असार । ललिता निवास प्रकरणमा पक्राउ परेका सञ्चारसचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले थुनामा रहेका राउतलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।
सर्वोच्च अदालतका न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र जवाफ पेस गर्न आदेश जारी गरेको हो ।“यसमा के कसो भएको हो ? निवेदनको माग बमोजिम बन्दीप्रत्यक्षीकरण आदेश किन जारी हुनुनपर्ने हो ?निवेदकको माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै करण भए सबुदप्रमाणसहित म्याद सूचना पाएको मितिले बाटाका म्याद बाहेक २४ घण्टाभित्र बन्दीसहित महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु भनि यो आदेश र निवेदनको प्रतिवेदनको प्रतिलिपि साथै राखी विपक्षका नाममा म्याद सूचना जारी गरी लिखित जवाफ परेपछि पेसीको सूचना महान्यायाधिवक्ता कार्यालयलाई दिइ सुनुवाइका लागि नियमनुसार पेस गर्नु,” श्रेष्ठको इजलासको आदेशमा भनिएको छ ।
सचिव राउतको तर्फबाट उषा कार्कीले गृह मन्त्रालय समेतलाई विपक्षी बनाई बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन् । सीआईबीले सरकारी कागजात किर्तेसहित संगठित अपराधको कसुरमा सचिव कार्कीलाई गत आइतबार पक्राउ गरी अनुसनधान गरिरहेको छ ।