काठमाडो , ३ साउन । एसिया कप २०२३ को खेल तालिका आज सार्वजनिक हुने भएको छ । पाकिस्तान क्रिकेट बोर्डको प्रेस विज्ञप्ति अनुसार पीसीबी व्यवस्थापन समितिका अध्यक्ष जाका अशरफले बुधबार लाहोरमा हुने एसीसी एसिया कप २०२३ को तालिका सार्वजनिक गर्नेछन्। यो पत्रकार सम्मेलन नेपाली समय अनुसार राति साढे ८ बजे सुरु हुनेछ । जसमा एसिया कपको पूर्ण तालिका सार्वजनिक हुनेछ ।
पीसीबी र बीसीसीआई सहित सबै क्रिकेट बोर्डहरूले हाइब्रिड मोडेललाई अनुमोदन गरिसकेका छन्। यसपछि एसियाली क्रिकेट काउन्सिल ९एसीसी० ले गत महिना अगस्ट ३१ देखि १७ सेप्टेम्बरसम्म पाकिस्तानमा चार र श्रीलंकामा नौ खेल हुने घोषणा गरेको थियो।
प्रतियोगिता पाकिस्तानले आयोजना गरेको भए पनि सुरक्षा कारण र तनावपूर्ण सम्बन्धका कारण भारतीय टोलीले पाकिस्तानमा खेल्न नपाएको बीसीसीआईले स्पष्ट पारेको थियो । यस कारण हाइब्रिड मोडेल प्रस्ताव गरिएको थियो। बीसीसीआईले आफ्नो टोली पाकिस्तान नपठाउने बताएको थियो।
हाइब्रिड मोडल पीसीबीको क्रिकेट व्यवस्थापन समितिका अध्यक्ष नजम सेठीले प्रस्ताव गरेका थिए र भारतलगायत एसीसीका सबै सदस्यहरूले स्वीकार गरेका थिए। अब यो प्रतियोगितामा भारत र पाकिस्तानले दुई खेल खेल्ने अनुमान गरिएको छ र दुवै खेल डम्बुलामा हुनेछन् । प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र नेपालका टोली सहभागी हुनेछन् ।
एसिया कप २०२३ मा सहभागी सबै ६ टोलीलाई तीन–तीन टिम गरी २ समूहमा विभाजन गरिनेछ । यी टोलीले एकअर्कासँग खेल्नेछन् र समूह चरणपछि दुवै समूहका शीर्ष दुई टोलीले सुपर फोर चरणका लागि छनोट हुनेछन् । यहाँ राम्रो प्रदर्शन गर्ने दुई टोली फाइनलमा पुग्नेछन्। विश्वकपको तयारीका हिसाबले यो प्रतियोगिता सबै टोलीका लागि निकै महत्वपूर्ण हुनेछ ।
नेपाल काठमाडौंमा भएको एसीसी प्रिमियर कपको च्याम्पियनका हैसियतले एसिया कप खेल्दै छ ।
पाकिस्तान क्रिकेट बोर्ड ९पीसीबी० ले मंगलबार घोषणा गर्यो कि वेस्ट इन्डिज विरुद्धको घरेलु शृंखला दुई टेष्ट र तीन टी(२० खेलको जनवरी(फेब्रुअरी २०२४ देखि जनवरी २०२५ सम्म सारिएको छ र न्युजिल्यान्ड विरुद्धको पाँच खेलको टी(२० घरेलु शृंखलामा सारिएको छ।
ूपाकिस्तान क्रिकेट बोर्डले घोषणा गरेको छ कि उसको पुरुष टोलीले आईसीसी पुरुष टी(२० विश्वकप २०२४ को तयारीका लागि उत्कृष्ट सम्भावना प्रदान गर्ने रणनीतिक निर्णयको रूपमा २०२३(२४ सिजनमा न्युजिल्यान्डविरुद्ध १० थप टी(२० खेल्ने छ,ू एऋद्य खेल खेल्ने आधिकारिक विज्ञप्तिमा भनिएको छ।














