क्रिकेटर ज्ञानेन्द्र मल्लले गरे सन्यासको घोषणा



काठमाडौ , १९ साउन । नेपाली क्रिकेट टोलीको अनुभवि खेलाडी तथा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले खेलाडी जिवनबाट सन्यासको घोषणा गरेका छन् । काठमाडौंमा आज आकस्मिकरुपमा पत्रकार सम्मेनल गरी अन्तराष्ट्रिय करियरलाई विश्राम दिएका हुन् ।

मल्लले उमेर समुह हुँदै राष्ट्रिय टोलीको कप्तानका रुपमा नेपालका लागि क्रिकेट खेलेका छन् । नेपाली क्रिकेट टोली श्रीलंकामा भएको एसीसी इमर्जिङ कप खेलेपछि १५ दिने हाई पर्फमेन्स ट्रेनिङपछि स्वदेश फर्किएको दोस्रो दिन नै सन्यासको घोषणा गरेका हुन् ।विगत केही समय यता ज्ञानेन्द्र नेपाली टोलीको प्लेइङ ११ बाट बाहिर रहेका छन् । उनले जिम्बाबेमा भएको विश्वकप छनोटको नेपाली टोलीमा भए पनि समुह चरणका कुनै खेल खेल्न पाएका थिएनन् । उनले विश्वकप छनोटमा प्लेअफका दुई खेल खेलेका थिए । उनी फर्ममा नभएको लामो समय भएको थियो । उनले विश्वकप छनोटको प्लेअफका खेलमा आयरल्याण्डविरुद्ध ७ रन तथा युएईविरुद्ध १३ रन बनाएका थिए ।

ज्ञानेन्द्रले नेपाली क्रिकेट टोलीको भरपर्दो ब्याट्सम्यान रहेका थिए । उनले नेपालका लागि खेलेको ३५ खेलमा ८५६ रन बनाएका छन् । त्यस्तै ४५ टी–२० अन्तराष्ट्रिय खेलमा ८८३ रन बनाएका छन् । मल्लले ७५ लिष्ट ए खेलमा १७८२ रन बनाउँदा ६८ टी–२० मा १२६७ रन बनाएका छन् ।मल्लले सन् २०१८ मा ज्ञानेन्द्रले एक दिवसीय अन्तराष्ट्रियमा नेदरल्याण्डविरुद्धको खेलमा डेब्यु गरेका थिए । उनलाई सन् २०१८ अगष्टमा एशियाकपको छनोटमा नेपाली टोलीको उपकप्तानको जिम्मेवारी दिइएको थियो ।

त्यसको एक वर्ष पछि जुलाई २४, २०१९मा मलेसियाविरुद्धको खेलमा नेपालका नियमित कप्तान रहेका पारस खड्काले चोटका कारणले खेल गुमाउँदा मल्लले नेपाली टोलीको कप्तानको जिम्मेवारी पाएका थिए ।त्यस्तै फस्ट क्लास क्रिकेटमा मरिलिबोन क्रिकेट क्लवविरुद्ध नोभेम्बर ६, २०१९ मा डेब्यु गरेका थिए । उनले नेपाली राष्ट्रिय टोलीबाट सन् २०१४ मा आइसीसी विश्व क्रिकेट लिग डिभिजन ३ मा सिंगापुरविरुद्ध पहिलो सतक प्रहार गरेका थिए । उनले अन्राष्ट्रिय टी–२० मा दक्षिण काठमाडौंमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा भुटानविरुद्ध सर्वाधिक १०७ रन बनाएका थिए । उनी शतक प्रहार गर्ने नेपालका सातौं खेलाडी पनि हुन् ।आफूले नेपाली क्रिकेटको भविष्य राम्रो रहेको पनि पत्रकार सम्मेलनमा बताएका छन् । सवैलाई धन्यवाद दिएका मल्लले क्रिकेटबाट भने आफू टाढा नहुने पनि बताए ।

उपस्थित सम्पूर्णमा नमस्कार,
छोटो समयको सूचनाका बाबजुद मेरो निमन्त्रणालाई स्वीकार गरेर उपस्थित भइदिनु भएकामा एकदमै आभारी छु। ब्लाइउडमा लिस्टी ठोकेर बनाएको म्याट पत्रिका पानीमा भिजाएर स्वर बेरेर बनाएको बन खेल्दा खेल्दै राष्ट्रिय टिममा जोडिएको पनि झण्डै २ दशक भइसकेछ। १८ वर्षसम्म चन्द्र सूर्य अंकित जर्सी लगाएर देशको प्रतिनिधित्व गर्ने अवसर पाएँ, उपकप्तान र कप्तानको भूमिकामा रही देशको झण्डा अंधमा बोकेर नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएँ। राष्ट्रको आशा र सपनाको प्रतिक बनेर मैदानमा उत्रिदा इमान्दारिताका साथ सतप्रतिशत दिने प्रयास गरेँ । यो अवसरहरूका लागि म धेरै कृतज्ञ छ आएका कठिन परिस्थितिहरुलाई पनि सिकाईका रूपमा लिए । समग्रमा भन्नुपर्दा म निकै सन्तुष्ट छु ।

सानो हुँदादेखि नै मलाई यो खेल खेल्नका लागि प्रेरित गर्ने मेरो टोल निमसेनस्थानका रसेल दाइ, साथीभाइ, मेरो क्रिकेटलाई राष्ट्रिय स्तरसम्म पुर्याउन सहयोग गरेको महान क्रिकेट स्लम, टिममेट, विनोद राजभण्डारी लगायतका दाइहरूलाइ सम्झन चाहन्छु अनि मेरो परिवार, विशेषगरी मेरो श्रीमती, जसले मेरो हरक सुखदुखमा साथ दिइन्, छोरी ूमेरो खुशी जो क्रीकेट रफीकेट बाहिरको खुशी भइ आइन र सम्पूर्ण आफन्तलाई पनि सम्झना चाहन्छु। मेरो क्रिकेट करियरलाई आकार दिन भूमिका खेल्नु हुने प्रशिक्षकहरु क्यान अफिसियलहरू अनि, क्रिकेट समर्थकहरुप्रति पनि आभारी छु। मैले मैदानमा व्याट उचाले गर्दा प्याराफिटमा रहेर हौसना र उर्माने प्राण भरिदिने, अनि जीतमा खुसीका आँसु तथा हारमा अर्को पटक जीतका लागि उत्प्रेरणा दिइरहने दर्शक तथा समर्थकहरुको माया मेरो जीवनभरको जीउने आधार भइरहनेछ ।

यो पवित्र खेल क्रिकेट मेरो अस्तित्वको सार ही स्थानीयदेखि अन्तर्राष्ट्रिय स्तरसम्म खेल्ने क्रममा यसले मलाई जीवन, युद्ध संकल्प र एकताको शक्तिबारे अमूल्य पाठ सिकाएको छ। मैदानको हरेक पाइलामा आफ्नो देशको प्रतिनिधित्व गरेकोमा गर्व महसुस गरे, गर्छु । तर प्रकृतिको नियम हो, जन्मपछि मृत्यु अवश्यम्भावी छ। क्रिकेटमा पनि कुनै समय मैले कसैलाई रिप्लेस गरेको थिएँ होला, यो मेरो समय हो। त्यसैले मैले आज मेरो अन्तर्रास्ट्रिय क्रिकेटको वामालाई विराम लगाउने र एउटा फरक यात्रा आरम्भ गर्ने निर्णय लिएको छु।
ईमान्दारिताका साथ भन्नुपर्दा यति बेला मेरो मनमुटु भारी भइरहेको छ जुन खेलने मलाई सबै माझ चिनाउन सफल भयो, मानप्रतिष्ठा दियो, सोही खेलबाट विदा लिन पक्कै सजिलो छैन। तर यो विदाई होइन, यो मेरो यात्राको नयाँ अध्याय हो । एउटा मात्रा जहाँ म खेलकुदको कट्टर समर्थक को विकासको साक्षी र मलाई माया गर्ने देशको झण्डा गर्वका साथ सधै उच्च रहेको हेरेर बस्ने छु ।
अन्त्यमा, आदरणीय समर्थकहरू, तपाईहरु मेरो हृदयमा सधै रहनु भयो, मैदानमा तपाईको जटन समर्थन मलाई स्थिर राख्यो । आशा छ, भोलिका दिनमा पनि त्यसरी नै पाउने छु ।
धन्यवाद
ज्ञानेन्द्र मल्ल

प्रकाशित मिति : श्रावण १९, २०८० शुक्रबार  ३ : ५६ बजे