रुसी रक्षामन्त्रीद्वारा युक्रेनको लडाई क्षेत्रको निरीक्षण



काठमाडौ , १९ साउन । रुसी रक्षामन्त्री सर्गेई शोइगुले युक्रेनको कमाण्ड पोष्टको निरीक्षण गरेका छन । उनले वरिष्ठ सैन्य अधिकारीहरूसँग भेट्न युक्रेनको लडाई क्षेत्रको भ्रमण गरेका सेनाले शुक्रबार बताएको छ ।


शोइगुले मोर्चाको अवस्थाको बारेमा अद्यावधिक जानकारी प्राप्त गर्नु भएको र पूर्वी युक्रेनको लाइमानमा सफल आक्रामक अपरेसनका लागि कमाण्डर र सिपाहीहरूलाई धन्यवाद दिनुभएको सेनाले जनाएको छ ।टेलिभिजन तस्बिरहरूले युक्रेनको केन्द्रीय सैन्य एकाइका प्रमुख जनरल एन्ड्री मोर्दभिचेभले प्रस्तुत गरेको प्रतिवेदन सुनिरहेको देखाइएको छ ।मन्त्रीलाई स्वीडिश सि(भी ९० मा चढेको पनि देखाइएको थियो ।युक्रेनमा मस्कोको सेनासँग लडिरहेको रुसी अर्धसैनिक समूह वाग्नरको असफल विद्रोहपछि शोइगुले अन्तिम पटक जुनको अन्त्यमा यो भ्रमण भएको हो ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ४ : १८ बजे