सुन तस्करी प्रकरणमा थप चारजना चिनियाँ पक्राउ



काठमाडौं ३१ साउन । सुन तस्करी प्रकरणमा थप चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरू सबै चिनियाँ नागरिक हुन् । सुन प्रकरणमा हालसम्म पक्राउ पर्नेको सख्या २२ पुगेको छ ।

पक्राउ पर्नेहरूमा लिविन ताई, टिमिङ माईसहित चारजना रहेको प्रहरी प्रवक्ता डीआईजी कुबेर कडायतले जानकारी दिए । मंलगरबार पक्राउ परेका तीनजना चिनियाँ नागरिकलाई भने प्रहरीले नगद रुपैयाँसमेत बरामद गरेको कारण थप अनुसन्धानका लागि राजस्व विभागलाई बुझाएको छ

।२ साउनमा राजस्व अनुसन्धान विभागको टोलीले ‘ब्रेक सू’मार्फत सुन तस्करी गर्ने समूहलाई सिनामंगलबाट पक्राउ गरेको थियो ।

प्रकाशित मिति : श्रावण ३१, २०८० बुधबार  ५ : ०६ बजे