मुगु । मुगुमा सोरुगाँउपालिका ७ सिपमा भएको जिप दुर्घटनाका ज्यान गुमाएकाहरुको ४ दिन वित्दासमेत पोष्टमाटम हुन सकेको छैन ।मृतकहरुको पोष्टमार्टमका लागि चिकित्सकहरुको टोली मंगलबार नै मृतकहरुका शव राखिएको सोरुजिमा स्वास्थ्य चौकी तारापानीमा पुगे पनि मृतकका आफन्तहरुले लास नबुझिदिदाँ पोष्टमार्टन हुन नसकेको हो ।
a
आफन्तहरुले मृतकका शव पु¥याई दिन पहल गर्नुपर्ने, परिवारहरुको भरण पोषणका लागि आर्थिक सहयोग गर्नु पर्ने, क्षतिपूर्ति पाउनु पर्नेलगायतका राखेर शव बुझ्न अस्वीकार गरेका छन् । तर मृतकका परिवारसँग छलफल भई रहेको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले बताएका छन् ।
चार दिनदेखि शव परिक्षण नहुदाँ गल्दै, सड्दै गएको र यसले स्वास्थ्य संस्थाको सेवा समेत अवरुद्ध भएको जिमा स्वास्थ्य चौकीका प्रमुख कर्ण बहादुर सावतले बताएका छन् । उनले पिडितको माग सम्वोधन गरी यथाशिघ्र लास उठाउन पहल गरिदिन पनि आग्रह गरेका छन् ।
सरकार तथा अन्य निकायले घाईतेको उपचार र उद्धारमा मात्र ध्यान दिएका छन तर गहिरो सोकमा परेका मृतकका परिवार र लासबारे कसैले ध्यान नदिएको मृतकका आफन्तहरुको गुनासो रहेको छ ।
सरकारले लासलाई घरसम्म पु¥याईदिए गाँउघरमा दाहसस्कार गर्न सहज हुने मृतकका आफन्तहरुको ठूलो माग रहेको छ ।














