टी–ट्वेन्टी शृङ्खलाको पहिलो खेलमा न्युजिल्याण्डको जित



काठमाडौं , १ भदौ । संयुक्त अरब इमिरेट्स (यूएई) को भ्रमणमा रहेको न्युजिल्याण्डले टी–ट्वेन्टी शृङ्खलाको पहिलो खेलमा जित हासिल गरेको छ ।


गएराति दुबईमा भएको खेलमा घरेलु टोली यूएईलाई १९ रनले हराउँदै न्युजिल्याण्ड विजयी भएको हो । यो जितसँगै तीन खेलको शृङ्खलामा न्युजिल्याण्डले १–० को अग्रता बनाएको छ ।न्युजिल्याण्डले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको यूएई १९ ओभर ३ बलमा १ सय ३६ रनमा अल आउट भयो हो ।यूएईका लागि जुनैद सिद्दिक र बासिल हामिदले समान २–२ विकेट तथा जहुर खान र मोहम्मद फराजुदीनले समान १–१ विकेट लिए । अब दोस्रो खेल भोलि हुनेछ ।

प्रकाशित मिति : भाद्र १, २०८० शुक्रबार  १० : २९ बजे