पार्टीका माध्यमले मात्र जनतासँग जोडिन सकिदैन : कांग्रेस नेता महर



काठमाडौं, ४ भदौ । नेपाली कांग्रेसका नेता नैन सिंह महरले बहुदलीय प्रजातन्त्रमा पार्टीका माध्यमले मात्र जनतासंँग जोडिन नसकिने प्रष्ट पारेका छन् ।


सोमबार स्वः प्रदीप गिरीको प्रथम समृति दिवसको अवसरमा आयोजित प्रजातान्त्रिक समाजवादका आयामहरु विषयक संवाद कार्यक्रममा नेता महरले समाजवाद भित्र प्रजातन्त्रलाई जोडेर अगाडि जानु पर्ने बताए ।उनले भने ‘ नेपालको राजनीतिमा मल्टी पार्टी डेमोक्रेसिमा पार्टीका माध्यमले मात्र जनतासँग जोडिन सकिदैन, समृद्धिको बाटोको सवालमा समाजवाद भित्र प्रजातन्त्रलाई जोडेर अगाडि जान सक्यो भने मात्र न्यून स्तर भएका जनतासंग सेवा सुविधा पु¥याउन सकिन्छ । ’नेता महरले समाजवाद भित्र प्रजातन्त्रलाई जोडेर न्यून स्तर भएका जनतासंग सेवा सुविधा पु¥याउनु पर्ने बताए ।

प्रकाशित मिति : भाद्र ४, २०८० सोमबार  ३ : २३ बजे