स्वास्थ्य मन्त्रालयमा कसैको पहुँच चल्दैन : मन्त्री बस्नेत



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयमा कसैको पहँच नचल्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित गुणस्तरीय सेवाको लागि फार्मेसी र थोक बिक्रेताको अभ्यास सुधार गर्न क्षमता निर्माण तालिमको राष्ट्रव्यापी शुभारम्भ कार्यक्रममा उनले स्वास्थ क्षेत्रमा देखिएको व्यथितीलाई नियन्त्रण गरेर देखाउने बताए । ‘राम्रो काम गर्नेलाई सरकारले गर्नु पर्ने कुरामा कन्जुसाई नगर्ने । सबैलाई निशुल्क सेवा उपलब्ध गराउने । स्वास्थ्मन्त्रालयमा कसैको पहँुच चल्दैन् । कसैले भनेर सिफारिसको भरमा हुँदैन् । ’ उनले भने ।

उनले आफुले स्वास्थ्य क्षेत्रमा गरेको कामलाई देखेर नकारात्म चियो चर्चा भएको समेत टिप्पणी गरेका छन् । राम्रो कुरालाई सम्मान गर्दै देश र समाज सुधार्न पहिला आफु सुध्रिन आवश्यक भएको उनको भनाई छ ।

प्रकाशित मिति : भाद्र ५, २०८० मंगलबार  ४ : ३१ बजे