भारतको मिजोरममा निर्माणाधीन पुल भत्किँदा १७ कामदारको मृत्यु



काठमाडौं । भारतको पूर्वोत्तर राज्य मिजोरममा निर्माणाधीन रेलवे पुल भत्किँदा १७ जनाको मृत्यु भएको छ । मिजोरमका मुख्यमन्त्री जोरामथन्गाले दुर्घटनाबारे जानकारी दिँदै त्यहाँ रहेका कम्तिमा पनि १७ जना कामदारको मृत्यु भएको बताएका छन् ।

मिजोरमका प्रहरी अधिकारीका अनुसार पुल भत्किने समयमा त्यहाँ ३५ देखि ४० जनाजति कर्मचारी÷मजदुर कार्यरत थिए । पुलको भग्नावशेषमा अझै धेरै व्यक्ति पुरिएका हुन सक्ने आशंका गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार नै मृतकका परिवारलाई जनही दुई लाख र घाइतेको उपचारको लागि प्रतिव्यक्ति ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् । ०००

प्रकाशित मिति : भाद्र ६, २०८० बुधबार  ३ : २३ बजे