आत्महत्या गर्छु भन्ने अग्नि सापकोटाले नै एमसीसी टेबुल गरे : धर्मेन्द्र बास्तोला



काठमाडौं , ११ भदौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोलाले एमसीसी पारित गर्न परे आत्महत्या गर्छु भन्नेहरु नै सम्झौताको पक्षमा उभिएको आरोप लगाएका छन् ।


सोमबार काठमाडौंमा आयोजित एमसीसी कार्यान्वयन विरुद्धको वृहत अन्तरक्रिया कार्यक्रममा प्रवक्ता बास्तोलाले एमसीसीमा हस्ताक्षर गर्नुप¥यो भने अर्थात टेबुल गर्नुप¥यो भने आत्महत्या गर्छु भन्ने स्वयमले एमसीसीको पक्षमा हस्ताक्षर गरेको आरोप लगाए ।उनले भने,‘ अग्नि सापकोटा हुनुहुन्थ्यो सभामुख र उहाँले के भन्नु भएको थियो भने यो एमसीसीमा हस्ताक्षर गर्नुप¥यो भने अर्थात टेबुल गर्नुप¥यो भने म आत्महत्या गर्छु बरु टेबुल गर्दिन भन्नु भएको थियो सार्वजनिक रुपमा नै तर त्यहि अग्नि सापकोटा हो उहाँले नै त्यो काम गर्नुभयो ।’

प्रकाशित मिति : भाद्र ११, २०८० सोमबार  ४ : ५४ बजे