राष्ट्रिय गौरवको आयोजना सम्पन्न गर्न एक्सन रुमबाट काम गरिरहेको छु : प्रधानमन्त्री दाहाल



काठमाडौं , १२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवको योजना सम्पन्न गर्न एक्शन रुमबाट काम गरिरहेको बताएका छन् ।मंगलबार बसेको प्रतिनीधिसभाको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले कार्यसम्पादनको लागि आवश्यक निर्देहन समेत दिइरहेको बताए ।


सांसद क्रृषि केश पोखरेलको प्रश्नको जवाफ दिँदै उनले भने राष्ट्रिय गौरवको आयोजनालार्य समयमा नै सम्पन्न गर्न म आफैंले प्रधानमन्त्रकिो हैसियतले एक्सन रुमबाट नियमीत तवरमा कार्यतालीका बनाएर कार्यप्रगतकिो जानकारि लिई कार्यसम्पादनको लागि आवश्यक निर्देन दिएके छु ।उनले राष्ट्रिय गौरवको आयोजना मध्य २ वटा सम्पन्न भएको ,१४ वटा प्रगती ८० प्रतिशत भन्दा माथि रहेका, ५ वटाको प्रगती ५० देखि ८० प्रतिशत सम्म रहेको र २ वटा ५० प्रतिशत रहेको बताएका छन् ।

प्रकाशित मिति : भाद्र १२, २०८० मंगलबार  १२ : ०६ बजे