काठमाडौं , १२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, पर्यटनको विकासका लागि आवश्यक पूर्वाधार निमार्णका कार्यलाई सरकारको उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
प्रतिनिधि सभाका सांसद ऐन बहादुर शाहीले उठाएको प्रश्नको जवाफ दिँद उनले भने, ‘पर्यटनको विकास आवश्यक पूर्वाधार निमार्णका कार्य सरकारको उच्च प्राथमिकतामा छन् । रारालगायत पर्यटकीय स्थलको विकास संघीय स्रोतबाट सञ्चालन हुने कार्यक्रम बाहेक प्रदेश तथा स्थानीय तहबाट समेत आफ्नो क्षेत्रभित्र रहि पूर्वाधार निमार्ण तथा पर्यटन प्रवर्धनका कार्यहरु सञ्चालनमा रहेको छ ।उनले कर्णाली राजमार्ग अन्तरगतको नाग्म गमगढि सडक निमार्णलाई पनि सरकारले उच्च प्राथमिकतामा राखेर कामहरु अगाडि बढेको पनि बताए ।
चीन भ्रमणको क्रममा चीन र नेपालबीच नयाँ व्यापारिक नाका खोल्ने विषय लगभग निश्चित भएको उनको भनाई छ । म
आज प्रतिनिधि सभाा सांसद शाहीले प्रधानमन्त्रीलाई चीनसँग नेपालका उत्तरी सिमासँग जोडिएका नाकाहरु खोल्ने ऐजेण्डाको बारेमा गरेको प्रश्नमा उनले नयाँ सीमा नाका खोल्ने विषयमा लगभग सहमति भइसकेको जानकारी दिए ।उनले भने, ‘मेरो चीन भ्रमणको क्रममा चीन र नेपालबीच नयाँ व्यापारिक नाका खोल्ने विषयमा छलफल हुने कुरा निश्चित भएको छ । त्यस सन्दर्भमा मुगुको नाच्य नाग्लाको विषयलाई पनि उठाउँने र त्यसबारेमा एउटा निष्कर्ष लिने कोशिस हुने छ ।’














