सरकार मौलीक हकको कार्यन्वयनको गम्भीर रहेको प्रधानमन्त्री दाहालको दाबी



काठमाडौं , १२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जातको आधारमा गरिने छुवाछत तथा भेदभावजन्य कार्य दण्डनीय भएको बताएका छन् ।


मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले भेदभाव जन्य कार्यबाट पीडितलाई कानून बमोजिम क्षतिपूर्ती हकको प्रत्याभुति गरिएको बताए ।सांसद आशा विकको प्रश्नको जवाफ दिँदै उनले भने,‘जातको आधारमा गरिने छुवाछत तथा भेदभाव जन्य कार्यलाई गम्भीर सामाजिक अपराधको रुपमा लिँदै कानुन बमोजिम दण्डनीय हुने र त्यस्तो कार्यबाट पीडितलाई कानुनु बमोजिम क्षतीपूर्ती हकको प्रत्याभुत गरिएको छ । सरकार मौलीक हकको कार्यन्वयनको लागि प्रतिवद्ध छ । ’उनले मौलीक हकको कार्यन्वयनको लागि सबै तहबाट प्रयास गर्न आवश्यक भएको बताएका छन् ।
यसको लागि कानुनलाई प्रभावकारी बनाउनु पर्ने र उजुरी नलिने भन्ने कुरामा सरकारको ध्यानकर्षण भएको उनको भनाई छ ।

प्रकाशित मिति : भाद्र १२, २०८० मंगलबार  १२ : २५ बजे