कांग्रेसको प्रयासमा समिति सभापतिको भागबण्डा मिलेको प्रमुख सचेतक लेखकको दाबी



काठमाडौं , १२ भदौ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेसको प्रयासमा समिति सभापतिको भागबण्डा मिलेको दाबी गरेको छन् ।


मंलबार प्रतिनिधिसभाको बैठकपछि सञ्चाकर्मीसँग कुराकानी गर्दै उनले संसद सबैको थलो हो भन्ने मान्यता अन्तरगत कांग्रेसले समितिको बाँडफाड गरेर ऐतिहासीक काम गरेको दाबी गरे ।उनले भने, ‘संसद सबैको थलो हो भन्ने रुपमा विकास गर्नुपर्छ भन्ने मान्यता अन्तरगत हामीले समितिको बाँडफाड गरेको हो । यसमा अहिलेको गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रयास र प्रयत्न गरेको हो । र त्यहि अनुसार समिति बाँडफाड भएको हो । हामीले यो ऐतिहासीक अभ्यास प्रारम्भ ग¥यौं ।’उनले लोकतन्त्रको मजबुदको लागि र संविधानको रक्षाको लागि राजनीति दलहरुको बीचमा निरन्तर संवाद सहमति र सहकार्य गर्नुपर्ने बताए ।

प्रकाशित मिति : भाद्र १२, २०८० मंगलबार  ५ : २० बजे