पकिस्तानविरुद्ध बलिङमा नेपाल



काठमाडौं , १३ भदौ । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले पाकिस्तानविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
मुल्तान स्टेडियममा भएको टसमा टस जितेको पाकिस्तानले ब्याटिङ रोजेको हो ।पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिले ब्याटिङ रोजेसंगै नेपालले बलिङको निम्तो पाएको छ ।


नेपालले पहिलो पटक एसिया कपमा सहभागिता जनाएको हो ।पाकिस्तानको प्लेईङ–११बाबर अजाम (कप्तान), सादाब खान, फखर जमाम, इमाम उल हक, ईफ्तिखार अहमद, आगा सलमान, मोहम्मद रिजवान, मोहम्मद नवाज, साहिन शाह अफ्रिदी, हरिस रउफ र नसिम शाह।

प्रकाशित मिति : भाद्र १३, २०८० बुधबार  ३ : १६ बजे