लगनशील भएर जनताको पक्षमा काम गर्न उपप्रमुख डंगोलको महानगर प्रहरीलाई निर्देशन



काठमाडौं , १४ भदौ । काठमाडौं नगरपालिकाको उप प्रमुख सुनिता डंगोलले, महानगर प्रहरीले कानूनको पालनागर्दै नागरिकको हितमा लगनशील भएका काम अघि बढाउनु पर्नेमा जोड दिएकी छिन् ।


आज काठमाडौंमा महानगर प्रहरीको ३१ औँ प्रहरी दिवसको अवसरमा उनले नगर प्रहरीले काम गर्दा आम जनतालाई विश्वासमा लिएर कानूनलाई आधार बनाएर काम गर्नु पर्नेमा उनले जोड दिईन् ।उनले बर्दीको,सम्मान गरेर महानगरको बासिन्दाको सुख दुखको साथी बन्नलाई नगर प्रहरीलाई सुझाउँदै शुभकामना दिइन् ।


उनले भनिन्, ‘महानगर प्रहरीले काम, कर्तन्यको पालना गरिरहँदा र काम अगाडि बढाईरहँदा, फिल्डमा अघि बढीरहँदा खेरी सदैब कानूनलाई शिरोपर गर्नुपर्छ । कानूनलाई हामीले आधार बनाएर, नियम पालना गरेर, आम नागरिकलाई पनि नियम पालना गर्ने वातावरण तय गर्नु हाम्रो मुख्य भूमिका हुन्छ ।’पछिल्लो समय नगरप्रहरीले गरेका कामको आलोचना बढेकोतर्फ लक्षित गर्दै उप प्रमुख डंगोलले नगरका सबै जनप्रतिनिधि देखि प्रहरीसमेतले अरुलाई नियम पालना गराउँदै गर्दा आफूले पनि गर्नु पर्नेमा जोड दिइन् ।जनताबाट नियम कानून पालना गर्ने अपेक्षा गरिरहँदा त्यसैलाई नियम पालना गर्ने काम पनि हामी सबैको हुन्छ । जन प्रतिनिधिदेखि लिएर कर्मचारी हामी सबैजनाको भूमिका हुन्छ । नगर प्रहरीलाई पनि त्यहि अनुरोध गर्न चाहान्छु ।
उनले लोभ र लालचामा नपरी लगाएको बर्दीको इज्जत गरेर नगर प्रहरीलाई काम गरिरहन आग्रह गर्दै महानगरको इज्जतलाई दाग लाग्न नदिन सचेत गराइन् ।

प्रकाशित मिति : भाद्र १४, २०८० बिहीबार  ४ : ३६ बजे