मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागमतीमा र्‍याफ्टिङ हुने



काठमाडौं , १४ भदौ । काठमाडौं जिल्ला समन्वय समितिले, बागमतीमा र्‍याफ्टिङ कार्यक्रम हुने भएको छ ।बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समितिले भदौं १६ गते बागमतीमा र्‍याफ्टिङ आयोजना गर्ने जानकारी दिएको हो ।


समिति प्रमुख सन्तोष बुढाथोकीले बागमती नदीलाई स्वच्छ राख्न र बागमती सभ्यतालाई जगाउनुका साथै समाजमा सकारात्मक सन्देश दिन बागमती नदीमा पहिलो पटक र्याफ्टिङ कार्यक्रमको आयोजना गर्न लागेको बताए ।उनले भने, ‘जिल्ला समन्वय समिति काठमाडौंले वागमती नदीलाई स्वच्छ राख्न र बागमती सभ्यतालाई जगाउनुका साथै समाजमा सकारात्मक सन्देश दिन बागमती नदीमा पहिलो पटक र्‍याफ्टिङ कार्यक्रमको आयोजना गर्न लागेको छौं । ’र्‍याफ्टिङ शनिबार बिहान ७ः३० देखि सुन्दरीजलबाट सुरु भई बेलुका ५ बजे चोभारमा समापन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहिबार  ५ : ५६ बजे