महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले आज बहराइनसँग खेल्दै



काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज नेपालले बहराइनसँग खेल्दैछ ।

पहिलो खेलमा घरेलु टोली मलेसियालाई पराजित गरेको नेपाल लगातार दोस्रो जित दर्ता गर्ने योजनामा रहेको छ ।

आजको खेल जित्दै नेपाल सेमिफाइनलको सम्भावनालाई बलियो बनाउने लक्ष्यमा रहेको छ ।

प्रकाशित मिति : भदौ १५, २०८० शुक्रबार  ९ : ४७ बजे