बाजुरा । लगातारको वर्षासँगै बाजुराका उच्च लेकाली तथा हिमाली क्षेत्रमा हिमपात भएको छ।
जिल्लाका नौवटै स्थानीय तहका उच्च हिमाली तथा लेकाली भेगमा हिमपात भएपछि चिसो अत्यधिक बढेको छ।
जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिका, त्रिवेणी, सुर्के पाटन, सिन्तवा पाटन, बूढीनन्दा, रानीसैन, कालाजग्रा, सुनन्दा, बडालेख र घोडीलेक लगायतका उच्च क्षेत्रमा हिमपात भएको हो।
बिहीबारदेखि लगातार वर्षा भइरहेको र उच्च हिमाली क्षेत्रमा हिमपातसमेत भएपछि स्थानीयको दैनिक जनजीवन कष्टकर बनेको छ। वर्षा र हिमपातका कारण चिसो बढेपछि जनजीवन प्रभावित भएको छ।










