मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आत्मनिर्भर अर्थतन्त्र निमार्णका लागि श्रृजनशील उद्यमी मेला महत्वपूर्ण : प्रदेश मन्त्री चित्रकार



काठमाडौं , १५ भदौ । वागमती प्रदेशका उद्योग, वाणिज्य भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले आत्मनिर्भर र स्वाभिमानी अर्थतन्त्र निमार्ण गर्नको लागि श्रृजनशील उद्यमी मेलाले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।


श्रृजनशील उद्यमी मेला २०८० को उद्घाटनका अवसरमा प्रदेश मन्त्री चित्रकारले अर्थतन्त्रसँगै समाजलाई रुपान्तरण गर्न र महिलालाई बलियो बनाउँनको लागि पनि मेलाले महत्वूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले यस्ता मेलालाई प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।उनले भने, प्रदेश सरकारको तर्फबाट म तपाईहरुलाई सक्दो सहयोग गर्न प्रतिवद्ध छु । नेपालको जुन खालको अर्थतन्त्र छ, हामी परनिर्भरमा छौ त्यसलाई माथि उठाँउनको लागि आत्मनिर्भर अर्थतन्त्र, स्वाभिमानमा निर्भर अर्थतन्त्र, आफ्नै स्रोत र साधनबाट विकास गर्न सक्ने अर्थतन्त्रको निमार्ण गर्न खोजी रहेका छौ । त्यसको लागि रोजगार महत्वपूर्ण पाटो हो र यस्तो खालको उद्यामशीलताले अर्थतन्त्रसँगै समाजलाई रुपान्तरण गर्न र महिलालाई बलियो बनाउँनको लागि यस्तो कार्यक्रमले महत्वूर्ण भूमिका खेल्छ । ’


मन्त्री चित्रकारले तीजलाई उत्पादनसँग जोड्न खोजिएको भन्दै यसबाट महिला दिदीबहिनीहरु आफ्नो खुट्टामा उभिने र आत्मनिर्भर बन्न सक्ने बताए ।यस्तै, उक्त कार्यक्रममा माईती नेपालकी अध्यक्ष अनुराधा कोईरालाले यो मेलाले महिला उद्यामीहरुलाई उत्साहित गर्ने काम भएको बताईन् ।मेलाको उद्देश्य भनेको महिलाहरुलाई आर्थिक रुपमा सहयोग गर्ने र उनीहरुको सिपलाई उजागर गर्ने भएको श्रृजनशील उद्यमी मेलाकी अध्यक्ष मिरु थापाले बताईन् ।उनले केही गर्न चहाने महिलाहरुको लागि यो एउटा राम्रो अवसर भएको पनि बताईन् ।उनले भनिन्, केही गर्न चाहने महिलाहरुसँग सहकार्य गरेर उहाँहरुले गरेको कामलाई बजार दिनको लागि यो मेलाको आयोजना भएको हो । यो मेलाको उद्देश्य भनेको महिलाहरुलाई आर्थिक रुपमा सहयोग गर्ने र उहाँहरुको सिपलाई उजागर गर्ने हो । ’यसको सुरुवातमा घर घरमा गएर बोलाएर ल्याउँनु पर्ने तर अहिले यसको अवस्था धेरै नै राम्रो भएको पनि उनको भनाइ छ ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ३ : ३२ बजे