भ्रष्टाचारविरुद्ध कडा रुपमा प्रस्तुत हुने प्रजातन्त्रपछि कै यो पहिलो सरकार हो : मन्त्री किराती



काठमाडौं , १७ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले भ्रष्टाचारविरुद्ध चालेको कदमलाई निरन्तरता दिने, इतिहासमा प्रजातन्त्र कै पहिलो सरकार सरकार भएको जिकिर गरेका छन् ।नेपाल पत्रकार महासंघ मोरङ्द्वारा विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले युद्धबाट शान्तिमा आएपनि मन बदल्न नसक्दाँ पार्टी धेरै चिरामा परिणत भएको भन्दै पार्टी जसरी जनता र जरा भनेर फर्किएको छ त्यसले पार्टी रुपान्तरणमा मद्दत पुग्ने बताए ।


उनले भने, ‘युद्धबाट शान्तिमा आउँदा आएपछि बाटो परिवर्तन गरेका थियौं । तर हामीले मन बदल्न नसक्दाँ हाम्रो पार्टी धेरै चिरामा परिणत भयो र ती विभाजित विचारले हामीले गरेको राम्रो काम पनि भन्न नसक्ने अवस्थामा पार्टी पङ्ती पुगेको छ । हामीले जनतालाई ध्यान नदिएको कारण यस्तो भएको हो । जसरी अहिले जनता र जरा भनेर फर्किएका छौ, सरकारले जुन भ्रष्टाचारको विरुद्धमा जुन कदम चालेको छ त्यसलाई निरन्तरता दिने, इतिहासका प्रजातन्त्र पछि यति राम्रो काम गर्ने अहिलेको सरकार हो ।’


उनले अपूर्णताबाट मात्रै कुरा उठाउँने र विरोध गरेर मात्रै आफू राम्रो हुन्छ भन्ने कुरा राजनीतिले सिकाएको भन्दै भ्रष्टाचारको कुरामा म आए पनि प्रधानमन्त्री नै आएपनि नछोड्ने प्रतिवद्धता रहेको पनि बताए ।उनले भने, ‘विरोध गरेर मात्रै आँफू राम्रो हुन्छ भन्ने नेपाली संस्कृति बनेको छ, मुख्य जिम्मेवारी यसमा राजनीतिक शक्तिको हो । हामीले अहिलेसम्म विरोध गर्न मात्रै सिकायौं । समानताबाट कहिले पनि कुरा उठाएनौं, हाम्रो अपूर्णताबाट मात्रै कुरा उठ्ने गर्छ त्यो राजनीतिले सिकाएको कुरा हो ।भ्रष्टाचारको कुरामा म आए पनि प्रधानमन्त्री नै आएपनि नछोड्ने कुराको प्रतिवद्धता नै छ ।अर्को प्रसंगमा उनले बन्द भएका एयरपोर्ट संचालन गर्न आफूले प्रयास गरिरहेको उनको भनाई छ ।उनले भने, ‘बन्द भएका एयरपोर्टहरुलाई व्यवसायीतक रुपमा सञ्चालन गर्नको लागि हामी जहाज किन्दै छौ । एउटा जहाज वर्षौदेखि थन्किएर बसेको रहेछ, त्यो बन्दै छ त्यसपछि हामी तीनवटा जहाजहरु दुर्गम जाने जहाजहरु किन्ने अन्तिम तयारीमा छौ । ’

प्रकाशित मिति : भाद्र १७, २०८० आईतबार  ३ : ३८ बजे