आसिफ शेख बने एसिया कपमा अर्धशतक बनाउने पहिलो नेपाली व्याट्सम्यान



काठमाडौं , १८ भदौ । एसिया कपमा अर्धशतक पूरा गर्ने आशिफ शेख पहिलो नेपाली व्याट्सम्यान बनेका छन् ।श्रीलंकाको पालिकेलेमा अहिले जारी खेलमा शेखले भारतविरुद्ध अर्धशतक पूरा गरेका हुन् । कुशल भुर्तेलसँगै ओपनिङमा आएका आशिफले ८८ बलको सामना गर्दै ७ चौकाको सहयोगमा अर्धशतक पूरा गरेका हुन् ।


नेपाली टोलीका विकेटकिपर एवं भरपर्दा व्याट्सम्यान मानिएका आसिफले सम्हालिएर खेल प्रदर्शन गर्दै भारतीय व्याट्साम्यानहरुलाई जवाफ दिइरहेका छन् । एक दिवसीय खेलमा १ हजार २ सय बढी रन बनाएका आसिफले एक दिवसीय उच्च स्कोर १ सय १० हो ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको खेलमा पपुवा न्यूगिनीविरुद्ध उनले ११० बलमा शतक पूरा गर्दै १ सय १० रन बनाएका थिए ।

प्रकाशित मिति : भाद्र १८, २०८० सोमबार  ५ : १९ बजे