विराट कोहलीको क्याचमा आसिफ ५८ रनमा आउट



काठमाडौ , १८ भदौ , श्रीलङ्कामा जारी एसिया कप क्रिकेट प्रतियोगिता अन्र्तगत भारतविरुद्ध पहिला ब्याटिङ गरेको नेपाललाई पाचौं झड्का लागेको छ ।

श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको नेपालले पाचौं विकेटका रुपमा आसिफ शेखलाई ५८ रनमा गुमायो ।आसिफ मोहम्मद सिराजको बलमा विराट कोहलीको क्याचमा आउट भए ।यसअघि नेपालका कुशल मल्ल २ कप्तान रोहित पौडेल ५,भीम सार्की ७ र कुशल भुर्तेल ३८ रनमा आउट भएका थिए ।भारतका रविन्द्र जडेजाले ३, सार्दुल ठाकुरले १ , मोहम्म्द सिराजले १ विकेट लिए ।नेपाललो ३० ओभरमा ५ विकेटको क्षतीमा १३० रन बनाएको छ ।

प्रकाशित मिति : भाद्र १८, २०८० सोमबार  ५ : २७ बजे