संकटमा नेपाल,गुल्शन पनि आउट



काठमाडौ , १८ भदौ , श्रीलङ्कामा जारी एसिया कप क्रिकेट प्रतियोगिता अन्र्तगत भारतविरुद्ध पहिला ब्याटिङ गरेको नेपाललाई छैटौं झड्का लागेको छ ।

श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको नेपालले १४४ रन जोड्दा ६ विकेट गुमाएर संकटमा परेको छ ।नेपालले छैटौं विकेटका रुपमा गुल्शन झालाई गुमायो ।यसअघि नेपालका आसिफ शेख ५८, कुशल मल्ल २ कप्तान रोहित पौडेल ५,भीम सार्की ७ र कुशल भुर्तेल ३८ रनमा आउट भएका थिए ।

प्रकाशित मिति : भाद्र १८, २०८० सोमबार  ५ : ३९ बजे