गृहमन्त्री नारायणकाजी श्रेष्ठ मुस्ताङ जाँदै



काठमाडौं ,१९ भदौ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ मुस्ताङ जाने भएका छन् ।कागबेनीमा बाढीले भवनलगायतका भौतिक संरचनामा क्षति पुर्याएपछि राहात विरतरणको लागि गृहमन्त्री श्रेष्ठ मुस्ताङ जाने भएका हुन् ।


बाढीले भवनलगायतका भौतिक संरचनामा क्षति पुर्याएपछि मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविको पठनपाठन बन्द भएको छ ।गत साउन २८ गते साँझ कागखोलामा आएको बाढीले जनशान्ति मावि, वडा कार्यालय, प्रहरी चौकी, गुम्बा, मन्दिर, सडक तथा पुल बगाएको थियो ।कागबेनीमा बाढीले २९ घर पूर्ण तथा १३ घरमा आंशिक क्षति पुर्याएको थियो ।

प्रकाशित मिति : भाद्र १९, २०८० मंगलबार  ८ : ३३ बजे