निजामती सेवा ऐन ल्याउन नसक्दा कर्मचारीको मनोबल खस्कियो : शेखर कोइराला



काठमाडौं । नेपाली काङ्ग्रेसका नेता डा.शेखर कोइरालाले निजामती कर्मचारी भनेको देशको स्थायी सरकार भएको बताएका छन् ।

नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा पुस्तक विमोचन कार्यक्रममा उनले कर्मचारी भनेको देशको स्थायी सरकार हो भन्ने कुरा सबैले बुझ्न जरुरी रहेको बताए ।

उनले भने, ‘कर्मचारीको मनोबल खस्किएरको सुनिन्छ, किन भन्दा १० वर्ष भइसक्यो निजामती सेवा ऐन अझै हामीले ल्याउन सकेको छैनौं । कर्मचारी भन्ने वित्तिकै सरकार हो भन्ने कुरा हामीले बुझ्न जरुरी छ । उनीहरू यो देशको स्थायी सरकार हुन् भन्ने कुरा बुझ्न जरुरी छ त्यता हाम्रो ध्यान गएको छैन् ।’

राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृति, धार्मिक र कूटनीतिक कुनै पनि हिसाबले सही स्थानमा नेपाल नभएको भन्दै उनले नेपालजस्ता वहुभाषिक, वहुजातीय देशमा जातीय द्वन्द्व हुने हो भने देश अगाडि बढ्न नसक्ने जिकीर गरे ।

प्रकाशित मिति : भाद्र १९, २०८० मंगलबार  २ : ४७ बजे