महिला उद्यमी मेला ललितपुरमा : ५० लाखको कारोबार हुने अपेक्षा



काठमाडौं । साना तथा मझौला व्यवसायी महासंघ नेपालको महिला केन्द्रीय समितिद्वारा आयोजित महिला उद्यमी मेला ललितपुरमा जारी छ । महिला केन्द्रीय समितिका सभापति यशोदा दहालले, हिजोदेखि सुरु भएको मेलामा ८० वटा स्टलहरु रहेको र ५० लाखको कारोबार हुने अपेक्षा राखिएको बताइन् । २४ गतेसम्म चल्ने मेला १० हजारले अवलोकन गर्ने अनुमान गरिएको उनले बताइन्।

उनले भनिन्, ‘हिजोदेखि सञ्चालन भएको मेला भदौ २० देखि २४ सम्मको लागि राखिएको छ । नेपालमा चौथो पटक भएको छ । जिल्ला जिल्लामा नै कमिटि गठन गरेर यो व्यवसायलाई बढाउँने योजना पनि रहेको छ । महिला उद्यामी मेला हो, यसमा हामीले ८० वटा स्टलहरु राखेका छौ, यसमा ५० लाखको कारोबार हुने आशा राखेका छौ र १० हजार भिजिटरको आशा राखेका छौ ।’

उनले महिलाहरुले घरमै उत्पादन गरेको सामानलाई बजार व्यवस्थापन, प्रचार प्रसार, राष्ट्रिय र अन्तरराष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले मेला आयोजना गरेको बताईन्। उनले भने, ‘यहाँ महिलाहरुले आँफैले उत्पादन गरेको उत्पादनहरु, आँफैले बनाएको हस्तकलाको सामान, महलगायत धेरै सामान छ । महिलाहरुले घरमा सामानको उत्पादन गरेको सामानलाई बजार व्यवस्थापन, पचारप्रसार गर्न र राष्ट्रिय मात्रै नभई अन्तरराष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले मेला आयोजना गरेको हो । नेपालमा नै रोजगारी दिएर उत्पादन बढाउने योजना छ । हाम्रो साथ र सहयोगबाट महिलाहरु अझ बढि यस्तो कार्यमा संलग्न हुन्छ भन्ने हिसाबमा पनि यस्तो कार्यको आयोजना गरिएको हो ।’

यस्तै उक्त मेलाका व्यवसायी सरिता भट्टराई श्रेष्ठले शिक्षाको कमि भएपनि सिपलाई माथि ल्याउँन उत्पादन गरेको सामानलाई मेलामा समावेश गरेको बताईन् । उनले भनिन्, ‘हामीले आफ्नै हातले उत्पादन गरेको सामानहरु हो, शिक्षाको कमि भएपनि सिपलाई माथि ल्याएर यसरी उत्पादन गरेको सामानलाई यसरी ल्याएर राखिएको हो । महिलाहरुले घरमा बसेर बनाएको सामानहरु लुक्न नपरोस, राज्यले त्यसको लागि एउटा छुट्टै वातावरण सिर्जना गर्नुपर्छ ।’

प्रकाशित मिति : भाद्र २१, २०८० बिहीबार  ७ : ४९ बजे