प्रधानमन्त्रीद्वारा २० औं निजामती सेवा दिवसको शुभकामना



काठमाडौं, २२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २० औं निजामती सेवा दिवस, २०८० को शुभकामना व्यक्त गरेका छन् ।


शुक्रबार एक विज्ञप्ति सार्वजनिक गर्दै प्रधानमन्त्री दाहालले निजामती सेवामा आवद्ध सबै राष्ट्रसेवक निजामती कर्मचारीहरूमा शुभकामना व्यक्त गरेका हुन् ।‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन भन्ने मूल नाराका साथ मनाउन लागिएको २०औं निजामती सेवा दिवस २०८० का अवसरमा निजामती सेवामा आवद्ध सबै राष्ट्रसेवक निजामती कर्मचारीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।


‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ २० औं निजामती सेवा दिवस, २०८० आज मनाइँदै छ ।यो दिवसले सबै निजामती कर्मचारीहरूको भावनात्मक तथा संवेगात्मक रूपमा आत्मबल सिर्जना गरिरहेको उनको भनाई छ ।उनले निजामती सेवामा महत्वपूर्ण योगदान पुयाई आज परस्कृत हुने सबै कर्मचारीलाई बधाई दिदै आगामी दिनमा थप उर्जासहित सेवा गर्ने अपेक्षा लिएको बताए ।

प्रकाशित मिति : भाद्र २२, २०८० शुक्रबार  ९ : ४१ बजे