दलहरुबीच सहकार्य र एकता आवश्यक : अध्यक्ष लिङदेन



काठमाडौं ,२४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सबै राजनीतिक दलबीच एकता आवश्यक भएको बताएका छन् ।


आइतबार काठमाडौंमा आयोजित ‘आजको सन्दर्भमा राष्ट्रिय मेलमिलाप नीतिको अन्तर्य र औचित्य’ विषयक विचार गोष्ठिमा उनले नेपालको स्थायित्वको लागि राजनीति शक्तिहरु सबैको बीचमा एकता, सहकार्यको आवश्यक भएको बताए ।‘देशलाई यो भन्दाबढि बर्वाद हुन नदिन मुख्य राजनीतिक शक्तिहरु बीच एकता र सहकार्य आवश्यक छ । यसको लागि ढिला गर्नु हुँदैन् । ’उनले भने ।राजा, राजनीतिक दल र जनताहरु मिलेर नयाँ व्यवस्थाको निमार्ण गर्न ढिला गर्न नहुने उनको तर्क छ ।उनले बीपीको विशेष मेलमिलाप नीतिलाई पछ्याउँदै त्यसलाई राजनीतिक सन्दर्भमा उपयोग गर्न ढिला गर्न नहुने बताए ।

प्रकाशित मिति : भाद्र २४, २०८० आईतबार  ६ : ०९ बजे