पाँच वर्षसम्म यही गठबन्धन : प्रधानमन्त्री दाहाल



काठमाडौ , २५ भदौ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ५ वर्षसम्म यही गठबन्धन चल्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै सोमबार उनले यस्तो बताएका हुन् ।त्यस क्रममा उनले गठबन्धन टिक्ने कुरामा ढुक्क हुन आग्रह गरे । ‘५ वर्ष यही गठबन्धन चल्छ, ढुक्क हुनुहोस्,’ प्रचण्डले भने । यसबाहेक उनले कुनै प्रतिक्रिया दिएनन् ।उनी कोशी प्रदेशको राजधानी विराटनगरमा समाजवादी मोर्चाले आयोजना गरेको सन्देशसभामा सहभागी हुन विराटनगर आएका हुन् ।सभालाई मोर्चाका शीर्ष नेता र पूर्वप्रधानन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : भाद्र २५, २०८० सोमबार  ४ : २५ बजे