काठमाडौं, २५ भदौ । लिटिल एन्जल्स स्कुलको आयोजनामा १९ औं अन्तरविद्यालय पौडी प्रतियोगिता हुने भएको छ ।आगामी शनिबार हुने प्रतियोगितामा विभिन्न ७२ विद्यालयका ४ सय खेलाडीको सहभागिता रहने एलएका प्रिन्सिपल मुकुन्दराज शर्माले जनाएका छन् । २ सय ३० ब्वाइज र १ सय ७० गल्र्सले भाग लिने छन् । प्रतियोगिताका सबै खेलहरु हात्तीवनस्थित एलएकै पौडी पोखरीमा हुनेछन् ।दुईदिने प्रतियोगितामा ५३ स्पर्धामा प्रतिस्र्धा हुने एलएका पौडी प्रशिक्षक वैकुण्ठ प्रधानले जानकारी दिए ।
भाद्र २५, २०८० सोमबार
72
Shares











