सुवास नेम्वाङको निधनले स्तब्ध भएको छु : शेरबहादुर देउवा



काठमाडौं, २६ भदौ । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध भएको बताएका छन् ।


मंगलबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङको निधनले स्तब्ध भएको बताएका हुन् ।उनले लेखेका छन्,‘नेकपा एमालेका उपाध्यक्ष एवं संविधासभा अध्यक्ष सुवास नेम्वाङजीको निधनले स्तब्ध भएको छ,। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’गएराति १ बजे हृदयघात भएपछि नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो । अस्पताल पुगिसकेपछि चिकित्सकहरुले मृत घोषित गरेका थिए ।नेम्वाङको शवलाई श्रद्धाञ्जलीका लागि भोलिसम्म च्यासलस्थित एमाले पार्टी कार्यालयमा राखिने भएको छ ।

प्रकाशित मिति : भाद्र २६, २०८० मंगलबार  ८ : ५७ बजे