मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रतिपक्षले, राम्रा कामको समेत गलत प्रचार गरेको उपमहासचिव पुनको आरोप



काठमाडौं,३१ भदौ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले, विपक्षले माओवादीले गरेको सकारात्मक कामको समेत गलत प्रचार गरेको आरोप लगाएका छन् ।


आइतबार काठमाडौंमा आयोजित अखिल नेपाल यातायात मजदुर संघ उपत्यका ट्याक्सि विशेष समितिको चौथो सम्मेलनमा उनले बिपक्षीले, राम्रा कामलाई गलत अर्थ लगाएर सानो सानो कुरालाई पनि समस्याको रुपमा खडा गर्ने गरेको आरोप लगाए ।
‘विपक्षले व्यवहारिक कुरा सानो सानो हाम्रो कमीका कुराहरु केही ढंग नपुगेका कुराहरु उठाएर ठुलो बनाइ दिएको हुन्छ । र हाम्रो उपलब्धीहरू कमजोर गर्ने हाम्रा राजनीति, हाम्रो परिवर्तन हाम्रो त्याग बलिदानलाई कमजोर बनाउने र भ्रमित पार्ने काम गरिरहेको हुन्छ । ’ उनले भने ।अध्यक्ष प्रचण्डले, आफँैले भ्रष्टाचार विरुद्ध कदम चाल्दा चाल्दै पनि उनीमाथि नै दोष लगाउने काम भएको आरोप लगाएका उनले यस्ता भ्रमपूर्ण कुराहरुबाट सचेत रहनु पर्ने र आफुहरु यस्ता भ्रमपूर्ण कुराले नडराउने बताए ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ५ : २३ बजे