काठमाडौं, ३१ भदौ । अर्थमन्त्री प्रकाश शरण महतले, अर्थतन्त्र सहज नभएकाले सरकारी कर्मचारीको सेवा सुविधा बढाउन नसकिएको प्रष्टिकरण दिएका छन् ।
आईतबार काठमाडौंमा आयोजित कर्मचारी सञ्चय कोषको ३२ औँ वार्षिकोत्सव कार्यक्रममा उनले देशमा अर्थतन्त्र सहज अवस्थामा नभएकोले भत्तालगायतका सेवा सुविधाहरु नदिने निर्णय गर्नु परेको प्रष्टिकरण दिएका हुन् ।‘कोषमा कार्यरत कर्मचारिहरुको सुरक्षा सेवाको कुराहरुमा समय समयमा अर्थमन्त्रालयको तर्फबाट दिनु पर्ने अनुमती छ । सेवासुविधा वृद्धिका कुराहरु छ त्यसप्रति अर्थमन्त्रालय सकारात्मक छ । ’ उनले भने ।उनले कर्मचारीहरुको सुरक्षा र सेवाको लागि अर्थमन्त्रालय सकारात्मक रहेको बताए ।देश विकास, सुशासन र रुपान्तरणमा सञ्चय कोषको महत्वपूर्ण भुमिकाको अपेक्षा गरेको उनको भनाई छ ।