शिक्षक आन्दोलनका कारण नेकपा एसको बैठक स्थगित



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को ६७ औँ सचिवालय बैठक स्थगित गरिएको छ ।

आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भनिएको उक्त बैठक शिक्षक आन्दोलनका कारण नेताहरु समयमै आउन नसक्ने लगायत कारणले स्थगित गरिएको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

उक्त पार्टीले यही असोज १४ देखि २९ गतेसम्म गर्न लागेको समाजवादी जागरण यात्राबारे छलफल गर्न उक्त बैठक बोलाएको थियो ।

प्रकाशित मिति : आश्विन ४, २०८० बिहीबार  १ : १० बजे