अर्थतन्त्रमा समस्या छन् तर सकारात्मक सूचक बढ्दै छन् : अर्थमन्त्री महत



काठमाडौं, ४ भदौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले, अर्थतन्त्र समस्याग्रस्त भएपनि सकरात्मक सूचक बढ्दै गएकोले आत्तिनु पर्ने अवस्था नभएको बताएका छन् ।


काठमाडौंमा आयोजित निक्षेप तथा कर्जा सुरक्षा कोषको ५० औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै, उनले अर्थतन्त्रमा चलाइएको नकारात्मक कुचक्रलाई सुचक्रमा बद्ल्न निक्षेप तथा कर्जा सुरक्षा कोर्षले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।‘समस्या सम्बोधनका लागि सरकारले फेसिलेट गर्ने काममा कमी हुन दिने छैन । सरकारले अप्ठ्यारा हटाउँदै जानेछ, कतिपय हटिसकेका छन्, घटिसकेका छन् । पर्यटक आगमन बढिरहेको छ । विदेशी मुद्रा सञ्चिति, विप्रेषण प्रवाह बढिरहेको छ । अर्थतन्त्रमा रिर्सोस आइरहेको छ, तर चलायमान भएको छैन । ’


अर्थतन्त्र चलायमान हुँदा आर्थिक गतिविधि बढ्छ, र राजश्वमा परेको दबाब अन्त्य हुने बताएका उनले त्यसका लागि सबैले सकरात्मक प्रयास गर्नु पर्ने बताए ।अब अर्थतन्त्रमा रिर्सोस छ, यो चलायमान हुँदा आर्थिक गतिविधि बढ्छ, मन्त्री डा. महतले भने , ‘आर्थिक गतिविधि बढ्दा रोजगारी पनि बढ्छ । राजश्वमा परेको दबाब अन्त्य हुन्छ । राजश्वमा दबाब कम भयो भने अपेक्षाअनुसारको लगानी बढ्छ ।’४ करोड १८ लाख निक्षेप खातामा रहेको १२ खर्ब ८८ अर्ब रकमको सुरक्षा प्रदान गरिरहेको छ । करिब १७ लाख ऋणीलाई कोर्षले सुरक्षा दिइरहेको मन्त्री डा. महतले बताए ।उनले भने, ‘यसको पहुँच विस्तार भइरहेको छ । साना उद्यमीदेखि आम निक्षेपकर्तालाई सुरक्षा प्रदान गरेको छ । लघु वित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण, कृषि कर्जा सुरक्षणजस्ता कर्जा सुरक्षणको बैंक तथा वित्तीय संस्थालाई दुरदराजमा रहेका निम्न वर्गको पहुँचमा यसले कार्य क्षेत्र विस्तार गरेको छ ।’

‘सरकारले विभिन्न समयमा ल्याएको कृषि अगुवा सुचना, वैदेशिक रोजगार, स्टार्टअप रोजगार जस्ता कार्यक्रमलाई यसले सेवा विस्तार गरेको छ’ मन्त्री डा. महतले भने ‘जब हामी लगानी गछौं, अवश्य पनि जोखिमपूर्ण हुन्छ । त्यो जोखिमलाई न्यून गर्ने विभिन्न तरिका त्यसमा कर्जा सुरक्षा कोषको भूमिका महत्वपूर्ण हुन्छ । साना उद्यमी व्यवसायीको जोखिम जति न्यून गर्न सकियो, त्यत्ति धेरै अर्थतन्त्र चलायमान हुन्छ, रोजगारी सिर्जना गर्छ ।’

प्रकाशित मिति : आश्विन ४, २०८० बिहीबार  ५ : ४९ बजे