कांग्रेसको आजको बैठक सकियो, ४ केन्द्रीय सदस्य र प्रदेश सभापतिहरुले राखे धारणा



नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक सकिएको छ । आजको बैठकमा महामन्त्री गगनकुमार थापाले प्रस्तावहरु प्रस्तुत गरेका थिए ।

बैठकमा उपसभापति एवं कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षा विधेयक र शिक्षक महासंघसँग भएका संवादहरु बारे जानकारी गराए । ‘संविधानले निर्धारित गरेको दायरा र मुलुकको वर्तमान आर्थिक स्थितिले धान्न सक्ने सिमासम्म शिक्षक आन्दोलनले अघि सारेका सबै माग पुरा गर्न र समस्त नेपाली शिक्षकको भावना सम्बोधन गर्न सरकार तयार रहेको’ प्रतिवद्धता बैठकमा उनले व्यक्त गरे ।

आजको बैठकमा केन्द्रीय सदस्यहरु— विमलेन्द्र निधि, कल्याणकुमार गुरुङ, नैनसिंह महर, प्रतिमा गौतम र आमन्त्रित प्रदेश सभापतिहरु उद्धव थापा , कृष्णप्रसाद यादव , इन्द्रबहादुर बानियाँ, शुक्रराज शर्मा , अमरसिंह पुन , ललितजंग शाही र बीरबहादुर बलायर ले आजको बैठकमा आ–आफ्नो धारणा राखे ।

बैठक भोलि असोज ५ गते बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।

प्रकाशित मिति : आश्विन ४, २०८० बिहीबार  ६ : २५ बजे