१९औं एसियाली खेलकुदः नेपाल भियतनामसँग पराजित



काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुदमा नेपाली महिला फुटबल टोलीले हारसँगै प्रतियोगिता सुरु गरेको छ । हालै अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा आयोजना भएको फिफा महिलाविश्वकप खेलको टोली भियतनामसँग नेपाल २–० गोलले पराजित भएको छ ।

नेपालले भियनामसँग दुवै गोल दोस्रो हाफमा खाएको हो । पहिलो हाफमा नेपालले भियनामका सबै प्रयासलाई विफल पार्दै गोलरहित बराबरीमा सकाएको थियो । दोस्रो हाफमा भियनामले बलियो खेल प्रस्तुत गर्यो । दोस्रो हाफको सुरुको १० मिनेटमा नै भियनामले गोल गर्दै अग्रता बनायो ।

भियतनामका लागि खेलको ५३ औं मिनेटमा फाम हेइ येनले गोल गर्दै अग्रता दिलाइन् । त्यसपछि खेलको ६४ र्औं मिनेटमा भियनामले दोस्रो गोल गर्यो । भियतनामका लागि गुयन थि विच थुएले दोस्रो गोल गरिन् ।

अब नेपालले दोस्रो खेल सोमबार जापानसँग खेल्ने छ ।

प्रकाशित मिति : आश्विन ५, २०८० शुक्रबार  ६ : ५९ बजे