तटस्थ रहेर कर्म गर्न योगको भूमिका महत्वपूर्ण : राष्ट्रपति पौडेल



काठमाडौं । सशस्त्र प्रहरी बलको मुख्यालय हलचोक परिसरमा ‘ध्यानद्वारा ऊर्जा जागरणको एक दिवसीय कार्यशाला’ आयोजना गरिएको छ ।आज राष्ट्रपति रामचन्द्र पौडेलद्वारा उद्घाटन गरिएको सो कार्यक्रममा अपरान्ह ४ ः ३० सम्म योगाभ्यास, प्राणायम र ऊर्जा ध्यान गरिने बताइएको छ ।

कार्यक्रममा राष्ट्रपति राम चन्द्र पौडेलले, जीवनलाई सुखी बनाउन र शरीर, तन, मन स्वस्थ राख्न र तनाबबाट मुक्त गर्नका लागि पनि योगको आवश्यकता रहेको बताए । चित्तलाई अनुशासनमा राख्नु नै योगको सार भएको जनाउँदै राष्ट्रपति पौडेलले तटस्थ रहेर कर्म गर्नका लागि पनि योगको भूमिका रहने उल्लेख गरे ।

कार्यशालामा ‘जीवन विज्ञान’ का एलपी भानु शर्मा र रमेश नेपालले योग प्रशिक्षण दिइरहेका छन् । गृह मन्त्रालयले ‘ध्यानद्वारा ऊर्जा जागरण कार्यशाला’लाई स्वजागरण अभियानका रुपमा मातहतका सबै निकाय, सबै तहका कर्मचारी र कैदीबन्दीसम्म पु¥याउने चरणबद्ध अभियान तय गरेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ५ : १३ बजे