मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आजको मौसम



काठमाडौं, ७ असोज । हाल देशमा मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित रहनुको साथै भारतको दक्षिण पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।जसको कारण हाल कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा केही स्थानमा मध्यम वर्षा भइरहेको छ ।दिउँसो भने कोशी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ ।


यस्तै, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ । मधेश र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा हावा हुरीको समेत सम्भावना रहेको छ ।राती भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशमा सामान्य बदली रही केही स्थानहरू मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी र मधेश प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । साथै, मधेश र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ७ : ४३ बजे